+

कसिलो बलिङसँगै सिङ्गापुरमाथि ९६ रनको फराकिलो जित

२०७९ फागुन  १२ गते १९:०० २०७९ फागुन १२ गते १९:००
कसिलो बलिङसँगै सिङ्गापुरमाथि ९६ रनको फराकिलो जित

१२ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली यू-१९ राष्ट्रिय टिमले सिङ्गापुरमाथि ९६ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो ।

नेपालले दिएको २६२ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुर निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १६५ रनमा सीमित भयो ।

सिङ्गापुरका लागि आर्यन मोदीले सर्वाधिक ५८ रन बनाउँदै रनआउट भए । उनले १०० बल खेल्दै २ चौका प्रहार गरेका हुन् ।

सिङ्गापुरका लागि ओपनर ब्याटर अर्जुन नागपाल र तेस्रो क्रमका ब्याटर अबुडे छाजेरले समान १४ रन जोडे । सिद्धान्त श्रीकान्तले ८० बल खेल्दै १ चौका र १ छक्का सहति ४४ रन बनाए ।

जीवन सान्तनम् ४ रनमा र आर्यवीर चौधरी २ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटर नेपाली बलरको अगाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको कसिलो बलिङका कारण सिङ्गापुरका ब्याटरहरुलाई रन जोड्न निकै गाह्रो भयो । नेपालका लागि डब्यूटान्ट स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए । अर्का डब्यूटान्ट तीव्र गतिका बलर हेमन्त धामीले ८ ओभर बलिङ गर्दै समान २ विकेट लिए ।

नेपालका अलराउन्डर विशाल विक्रम केसीले ५ ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठीले सर्वाधिक ७८ रन बनाए । उनले डब्यू खेलमा १०० बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरेका हुन् । ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए ।

अर्का ओपनर अर्जुन कुमाल ६७ बल खेल्दै ३७ रन बनाउँदै माहियु भाटियाको बलमा बोल्ड भए । अर्जुन र आकाशले दोस्रो विकेटका लागि ९३ रनको बलियो साझेदारी बनाए ।

कप्तान देव खनाल २१ रनमा अबुडे छाजेरको बलमा एलबीडब्लयु भए । दीपक बोहरा १७ रनमा क्याच आउट भए । दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए ।

नेपालका लागि पाँचौं क्रमका ब्याटर विशाल विक्रम केसीले ५४ बलमा ६३ रनको अविजित पारी खेले । त्यस्तै, सुवास भण्डारी १२ रनमा अविजित रहे ।

सिङ्गापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले १–१ विकेट लिए ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय