
१३ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ ।
नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको नेसपाका एक नेताले बताए ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर गत निर्वाचन लडेको नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् । राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ ।
२५ गते हुने राष्ट्रपतिको चुनावमा लागि नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई र नेकपा एमालेले सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार उठाउने निर्णय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4