१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आफ्नो आठौं शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ ।
नेपाली टोली शनिबार साँझ युएई उडेको हो । यही फागुन १५ देखि २१ गतेसम्म हुने लिग टु शृंखलामा नेपालले घरेलु टोली युएईसहित पपुवा न्यूगिनीसँग खेल्नेछ ।
हरेक टिमले एक आपसमा दुई-दुई खेल खेल्नेछन् ।
लिग टु को शीर्ष तीनमा रहेर सिधै वान डे विश्वकपको क्वालिफायरमा पुग्ने होडमा रहेका नेपाल र युएईका लागि यो शृंखला महत्वपूर्ण छ ।
युएईमा खेलेपछि यी तीन टोलीले काठमाडौं आएर लिग टु को अन्तिम शृंखला खेल्नेछ ।
युएईमा हुने शृंखलाका लागि रोहित पौडैलको कप्तानीमा १५ सदस्यीय टोलीमा प्रतिश जिसी र श्याम (मौसम) ढकाल नयाँ अनुहारको रुपमा छन् ।
प्रतिक्रिया 4