
१४ फागुन, जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई दिने बताएका छन् ।
जुम्लामा आइतबार प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले १० पुसमा सरकार निर्माण गर्दा एमालेसँग भएको सहमति अनुसार राष्ट्रपतिमा नेम्वाङलाई मत दिने बताएका हुन् ।
उनले माओवादीका लागि बामपन्थी एक हुने अवसर भएकाले राष्ट्रपतिमा सहयोग गर्ने आशा गरे । नेता भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ठूलो अवसर गुमाएको टिप्पणी गरे । एमालेले राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्दा स्वीकार्नुपर्ने भन्दै उनले नेपाललाई नै घाटा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4