
१४ फागुन, धनगढी । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय वीरबहादुर वली रहेको प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहर भट्टले जानकारी दिए ।
अमरगढी नगरपालिका–५ बागबजारबाट करिब चार किलो चितुवाको हड्डीसहित शनिबार राति उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4