
१४ फागुन, काठमाडौं । राप्रपाले सरकार छाडेपछि यसअघि राप्रपा नेताहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् ।
राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकार छाड्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । शनिबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।
उनीहरुले सरकार छाडेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
हेर्नुहो राष्ट्रपति कार्यालयको पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4