
१५ फागुन, काठमाडौं । बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजषारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेका थिए । त्यसपछि उनले फोटो, पार्सपोर्ट, नागरसकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने गरेका थिए ।
पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेका थिए ।
प्रहरीका अनुसार पैसा भने सुनिता परिषारको खातामा पठाउने लगाउने गरेका थिए । प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ ।
नीहरुविरुद्ध ४ जनाले उजुरी दिएको प्रहरी उपरीक्षाक राठौरले बताए । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4