+

स्कालोनी २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षक रहने

२०७९ फागुन  १६ गते १२:४२ २०७९ फागुन १६ गते १२:४२
स्कालोनी २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षक रहने

१६ फागुन,  काठमाडौं । अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । ४४ वर्षीय प्रशिक्षक स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नवीकरण गरेका छन् ।

सम्झौता नवीकरणका लागि अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया र स्कालोनीबीच पेरिसमा सोमबार भेट भएको संघले विज्ञप्तीमार्फत जनाएको छ ।

स्कालोनीले कतारमा डिसेम्बरमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो । स्कालोनी सन् २०१८ मा अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए ।

तर पछि अर्जेन्टिना फुटबल संघले उनलाई स्थायी प्रशिक्षक बनाएको थियो । २०२१ मा उनकै प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिकाकोउपाधि जितेको थियो ।

सम्झौता नवीकरण गरेपछि स्कालोनीले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने विश्वकपसम्म अर्जेन्टिनाको टिम हेर्ने छन् ।

स्कालोनीले सोमबार राति भएको फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड समेत जितेका छन् । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले मार्च अन्तिममा पनामा र कुराकाओसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।

लियोनल स्कालोनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय