
१६ फागुन, तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङदी नदीबाट सशस्त्र प्रहरीको गोताखोरले एक जनाको शव निकालेको छ ।
फागनु १२ गतेदेखि बेपत्ता भएका आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षीय मदन घिमिरेको शव फेला परेको सशस्त्र प्रहरीका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी नदीमा हराएको आशंका गरिएको थियो ।
त्यसबारेमा जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4