+
+

ट्याङकर चोरेर डिजल बेचेको आरोप लागेका १ जना थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १८:३७

१६ फागुन, जनकपुरधाम । नेपाल आयल निगमको ट्यांकर चोरी गरी डिजेल बेचेको आरोपमा पक्राउ परेका मध्ये १ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जेल चलान हुनेमा सप्तरी कञ्चनरुप न.पा. वडा नं.९ बस्ने २९ वर्षीय नबराज भुजेल छन् ।

ट्यांकर चालक सोही स्थानका ४५ वर्षीय विनोदकुमार भुजेल र चोरीको डिजल किन्ने सप्तरीको खडक न.पा.वडा नं.७ स्थाई घर भएका भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साह धरौटीमा छुटेका छन् ।

भुजेल १ लाख र साह ५० हजार रुपैयाँ धरौटीमा छुटेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी रामनरेश सिंहले जानकारी दिए ।

यस्तो थियो घटना

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपो बाराबाट मंसिर ११ गते को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगर लगिँदै थियो ।

टयाङ्कर चालक जिल्ला सप्तरी कञ्चनरुप ९ का विनोदकुमार भुजेलले डिजेल लोड भएको टयाङ्कर चलाई ११ गते बेलुकी पख कञ्चनरुप ८ स्थित रहेको बि.कि.पम्पमा पार्किङ्ग गरी सुरक्षित राखेर घर गएका थिए ।

तर त्यो ट्यांकर १५ गते बिहान सप्तरी शम्भुनाथ न.पा.वडा नं.२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको थियो । टयाङ्कर चेक गर्दा ५ वटा च्याम्बरमा ४००० लिटरको दरले जम्मा २० हजार लिटर डिजेल हुनु पर्नेमा ४ वटा च्याम्बर खाली रहेको र १ वटा च्याम्बरमा मात्र डिजेल रहेको पाइएको थियो ।

नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त टयाङ्करको सिलबन्दी तोडिएकाले टयाङ्करमा लोड भएको डिजल चोरी भएको पाइएपछि शंकास्पद पम्पहरु समेत नेपाल आयल निगम १ नं.प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा नवराज भुजेल समेतले १४ गते रातको समयमा डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको पाइएपछि उनीसहित डिजेल खरिद गर्ने श्यामकुमार साह र चालक भुजेललाई समेत प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?