
१७ फागुन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
बढेको मूल्यअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १ हजार एक सय र चाँदीको मूल्य १ हजार २७० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख एक हजार ८ सय रुपैयाँमा छापावला सुन, एक लाख एक हजार ३ सय रुपैयाँमा तेजावी र १ हजार २५५ रुपैयाँमा तोलानमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4