
१७ फागुन, विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।
नेकपा एमालेले कोशी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सहमति जनाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4