+

ए डिभिजन लिगको टिकट मूल्य १०० र ३०० रुपैयाँ

२०७९ फागुन  १७ गते १५:०५ २०७९ फागुन १७ गते १५:०५
ए डिभिजन लिगको टिकट मूल्य १०० र ३०० रुपैयाँ

१७ फागुन, काठमाडौं । फागुन १९ गतेदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिगको खेल हेर्नका लागि दुई प्रकारका टिकट मूल्य तय गरिएको छ ।

खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ १०० र भीआईपी प्यारापिटतर्फ ३०० रुपैयाँको टिकट मूल्य तोकिएको हो ।

लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गर्दै टिकट मूल्य समेत सार्वजनिक गरेको हो ।

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुने ए डिभिजन लिगको खेल हेर्ने टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सकिने इसेवाले जनाएको छ । १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुने एमडीएसी स्पोर्ट्सले जनाएको छ ।

केही दिनअघि मात्रै अखिल नेपाल फुटबल संघ एन्फाले ए, बी र सी डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको लागि एमडीएसी स्पोर्ट्ससँग सम्झौता गरेको थियो ।

लिगको प्रत्यक्ष प्रशारण स्पेस फोर के टेलिभिजनबाट हुनेछ । डबल राउण्ड रोबिन लिगमा हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

इसेवा एमडीएसी स्पोर्टस शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय