+
+

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दल बढ्छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:०८

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्ने बताएका छन् ।

सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने बताए ।

‘हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ,’ भेलामा उनले भने, ‘ त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’

प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताए ।

विगतमा संविधानको मर्म र भावनालाई मिचेर गतिविधि भएपछि कांग्रेसँगको गठबन्धन बनेको र अहिले त्यसैले निरन्तरता पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?