+
+

साइबर सुरक्षामा सुझाव दिन सरकारले बनायो उच्चस्तरीय कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १७:३३

१८ फागुन, काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ ।

१५ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए ।

कार्यदलका सदस्यमा विज्ञहरु बाबुराम दवाडी,  सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ पनि सदस्य रहनेछन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

मन्त्रालयमा एक कार्यक्रम गरी बिहीबार कार्यदललाई जिम्मेवारी दिइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय लगातार साइबर सुरक्षामा खतरा उत्पन्न हुन थालेपछि मन्त्रालय कानुन र नीति निर्माणमा जुटेको बताइन् । त्यसकै तयारीका लागि कार्यदल गठनगरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?