+

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

२०७९ फागुन  १८ गते १९:२० २०७९ फागुन १८ गते १९:२०
यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

१८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो ।

यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले ३ लाख पाउने उल्लेख छ ।

नेपाल उमेर समूहको क्षेत्रीय प्रतियोगिता जितेर नै विश्वकपम पुगेको हो । जस अनुसार प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख पाउने छन् । यसबाहेक क्यानले पनि सरकारबाट २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

यू-१९ क्रिक्रेट विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय