+
+

राष्ट्रिय युवा परिषदको स्थापना दिवस आज, प्रधानमन्त्रीले दिए शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १०:२९

१९ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदले आज आठौं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै सरसफाइ, वृक्षरोपण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । परिषदले आफ्नो वार्षिक प्रतिवेदन बुधबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

२०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद स्थापना भएको थियो ।

दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिंदै युवाहरुको वृहत्तर विकासका निम्ति परिषदले गरिरहेको सकारात्मक पहलको प्रशंसा गरेका छन् ।युवाहरुलाई स्वरोजगारको बाटोमा आत्मनिर्भर र स्वावलम्बी बनाउँदै राष्ट्र निर्माणको दिशामा अग्रसर गराउन सिंगो देशले एकताबद्ध संकल्प गर्नु आजको आवश्यकता भएको पनि उनले बताएका छन् ।

यसैगरी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि शुभकामना सन्देश जारी गर्दै नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं योजना, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५ र दश वर्षे रणनीतिक योजनाले निर्दिष्ट गरेको मार्गचित्रका आधारमा दृढतापूर्वक परिषद अघि बढिरहेको बताएका छन् ।

उनले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाहरुको विकास र सशक्तीकरणका लागि एकातिर नयाँ आवश्यकता अनुसार युवा नीति अद्यावधिक गर्नु जरुरी रहेको र अर्कोतिर परिषदलाई उद्देश्य केन्द्रित र परिणाममुखी बनाउन राज्यको तर्फबाट यथोचित ध्यान दिनु जरुरी रहेकोमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?