+
+

युवा स्वरोजगार कोष १५औं वर्षमा, ९५ हजार जनालाई स्वरोजगारी बनाएको दाबी 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १३:३६

१९ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थापनाको १४ वर्षमा ९५ हजार जना भन्दा धेरैलाई स्वरोजगारी सृजना गरेको दाबी गरेको छ ।

१५औं वर्ष प्रवेश गरेको अवसरमा कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कोषको लगानी १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको र यसबाट स्वरोजगार हुनेको संख्या ९५ हजार १६१ जना रहेको छ ।

हाल कोषको लगानीमा ४ अर्ब २४ करोड ६५ लाख रुपैयाँ रहेको पनि कोषले जनाएको छ । कोषबाट विपन्नवर्ग कर्जा शिर्षकमा ३ अर्ब ८३ करोड ८ लाख रुपैयाँ लगानी भएको छ । हाल कोषसँग सञ्चिति रकम (आम्दानी) तर्फ ८० करोड १८ लाख रहेको छ ।

कोषले लगानी गरेको सहकारीको संख्या २ हजार ६ सय ५७ वटा रहेका छन भने लगानीभएका बैंक तथा वित्तिय संस्थाको संख्या ४० वटा छ । कोषबाटहालसम्म ४२ हजार ५६३ जना व्यवसायीले अभिमुखिकरण तालिम प्राप्त गरेका छन् । यस्तै, ८ हजार ४४० जना व्यवसायीले कोषबाट सीपमूलक तालिम पाएका छन् ।

यस्तै, कोषबाट बीमा क्षतिपूर्तिवापत ६ करोड ९६ लाख रुपैयाँ खर्च गरिएको पनि कोषले जनाएको छ । १९ फागुन २०६५ मा स्थापना गरिएको कोषले १८ देखि ६० वर्ष उमेर समूहका आर्थिक रुपमा विपन्न बेरोजगार युवा तथा साना व्यवसायीहरुलाई विनाधितो सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?