
१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो ।
फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ ।
महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार फुटपाथलाई व्यवस्थित बनाउन महानगर प्रहरीले सुधारको अभियान अघि बढाएको बताए ।
फुटपाथ निर्माण गर्दा बढी भएका ब्लक तथा निर्माण सामग्री, व्यवसायी तथा पसलेहरुले अतिक्रमण गरेर राखेको सामग्रीहरु हटाउन सुरु गरिएको उनले बताए ।
फुटपाथ अव्यवस्थित हुँदा सर्वसाधाण नागरिकलाई फुटपाथमा हिंड्न असहज हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत रहेकाले फुटपाथ व्यस्थित अभियान सुरु गरेको महानगरको भनाइ छ ।
प्रतिक्रिया 4