
१९ फागुन, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गमा २ दर्जन इन्जिनियरका लागि रोजगारी खुलेको छ । आयोजनाले इन्जिनियरमा १२ र सब इन्जिनियरमा १२ जनाका लागि करारमा रोजगारी खुला गरेको हो ।
सिभिल समूहमा आयोजनाले इन्जिनियर मागेको छ । शुक्रबार आयोजनाले एक सूचना निकाल्दै इन्जिनियर माग गरेको हो । १५ दिन भित्र व्यक्ति स्वयम् उपस्थित भई आयोजना कार्यालय जंगी अड्डामा दरखास्त दिनु पर्ने भएको छ ।
इन्जिनियरका लागि ८ वर्षको सम्बन्धित क्षेत्रको अनुभव र ३ वर्ष रोड, टनेल र पुलमा काम गरेको अनुभव हुनुपर्ने शर्त राखिएको छ । सब इन्जिनियरलाई भने ५ वर्षको सम्बन्धित विषयको अनुभव र ३ वर्ष रोड, टनेल र पुलमा काम गरेको अनुभव हुनुपर्ने आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4