+

लोयल्टी कप अन्तरविद्यालय फुटबलमा आयोजकलाई उपाधि

२०७९ फागुन  १९ गते १६:२७ २०७९ फागुन १९ गते १६:२७
लोयल्टी कप अन्तरविद्यालय फुटबलमा आयोजकलाई उपाधि

१९ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ ।

मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले अघिल्ला दुई संस्करणको विजेता लिटिल एन्जल्सलाई २–० गोलले पराजित गरेको हो । लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे ।

उपविजेता टिम लिटिल एन्जल्सका स्मिथ राउत प्रतियोगिताका सर्वोत्त्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक गोलकर्ता बने । विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पार्यो ।

पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो पटक प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको हो । विगतका १० संस्करण नकआउट प्रणालीमा भएको थियो ।

लाेयल्टी कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१