
काठमाडौं । यो वर्षको होली पर्वमा आयोजना तीन फरक-फरक विशेष कार्यक्रमको टिकट आईएमई पेबाट खरिद गर्न सिकने भएको छ ।
मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ होली विशेष कार्यक्रमको टिकटिङ सुविधा उपलब्ध गराएको आईएमई पेले जनाएको छ।
आईएमई पेका अनुसार अन्नपूर्ण होटलमा कलरेल्ला, द मल्ल होटलमा कलर स्प्ल्यास र सिद्धार्थ बुटिक होटलमा होली फिएस्ता इभेन्ट सञ्चालन हुनेछन् । यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन् ।
ग्राहकहरुले आईएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सकिने आईएमई पेले जनाएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध गराउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4