+

शीर्ष स्थानको नापोली सिरी ए मा दोस्रो पटक पराजित

२०७९ फागुन  २० गते ८:२२ २०७९ फागुन २० गते ८:२२
शीर्ष स्थानको नापोली सिरी ए मा दोस्रो पटक पराजित

२० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोली लिगमा दोस्रो पटक पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा नापोली घरेलु मेदानमै लाजियोसँग १-० ले पराजित भएको हो ।
जितपछि लाजियो दोस्रो स्थानमा उक्लेको छ । लाजियोलाई जित दिलाउन माटियस भिसिनोले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

नापोलीले पछिल्लो ६ खेलमा बेहोरेको यो पहिलो गोल हो ।

सिरी ए मा सर्वाधिक १९ गोल गरेका नापोलीका भिक्टोर ओसिमहेन गोल नजिक पुगेपनि उनको हेडर क्रसबारमा लागेको थियो ।

सन् १९९० पछि पहिलो पटक इटलीको शीर्ष डिधिजनको उपाधि जित्ने लक्ष्यमा रहेको नापोली २५ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमै छ र दोस्रो स्थानमा उक्लेको लाजियोमाथि १७ अंकको अग्रता बनाएको छ ।

लाजियोले २५ खेलबाट ४८ अंक जोड्दै दुवै मिलान क्लबलाई पछि पारेको छ ।

नापोली सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय