+

थ्रीस्टार र युरो प्यासन यूएसएबीच सम्झौता

२०७९ फागुन  २० गते ८:५९ २०७९ फागुन २० गते ८:५९
थ्रीस्टार र युरो प्यासन यूएसएबीच सम्झौता

२० फागुन, काठमाडौं । ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ।

सम्झौतापछि  शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ।

थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन यूएसएले आफ्नो पूर्व क्लबका लागि आवश्यक किट्स प्रायोजन गरेका हुन्।

युरो प्यासन पाकिस्तानमा निर्मित अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स ब्रान्ड हो । युरो प्यासनका सीईओ माजिद हुसैन र युरो प्यासन यूएसएका निर्देशक प्रलय राजभण्डारीले नेपालकै शीर्ष क्लबसँग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।

आगामी दिनमा यो सहकार्यले अझ गति लिने र अन्य खेलकुद गतिविधिमा पनि संलग्न हुने आशा व्यक्त गरे ।

शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर पछि किट्स हस्तान्तरण गर्दै युरो प्यासन यूएसएका निर्देशक अविशेश सुवेदीले थ्री स्टार क्लबलाई शहिद स्मारक ए डिभिजन लिगका लागि शुभकामनासहित आगामी दिनमा थ्री स्टार क्लब र नेपाली खेलकुदमा निरन्तर सहयोग गर्दै जाने बताए ।

सोही अवसरमा थ्री स्टार क्लबका अध्यक्ष अरुण मान जोशीले सहकार्यका लागि युरो प्यासन युएसएसलाई धन्यबाद व्यक्त गर्दै अहिले सम्बन्धको सुरुवात भएको र आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक समर्थक भएको नेपाली फुटबल क्लबको छविलाई अझ परिष्कृत गर्दै जाने र युरो प्यासन यूएसएसँगको सम्बन्धलाई दीर्घकालीन बनाउने बताए ।

थ्रीस्टार क्लब युरो प्यासन यूएसए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय