
सही-गलत नबुझ्ने
आफूलाई भए पुग्ने
यस्तै यस्तैले बिगार्न थालेपछि
जब देशमा अचाक्ली भयो
आर्थिक, सामाजिक र सांस्कृतिक
सबैतिर अँध्यारोले छोयो
देशभक्त, कर्तव्यनिष्ठ, इमान्दारी
नेपाल आमाको काखमा रोयो
अनि जनताले खोज्दैखोज्दै
जिताइदिए सुशासन जान्नेहरु
अनि सुशासनमा फाइदा नहोला भनि
पछि पछि लागे खुट्टा तान्नेहरु
केही गर्ला कि भन्ने क्रान्ति आयो
आफ्नै दाजुभाइ दिदीबैनी मारिए
खेतीपाती, उद्ध्योगधन्धा, सभ्यता
रोकिए, भत्किए नराम्ररी मासिए
शिक्षास्वास्थ्य र उपभोग्य वस्तुमा
बजार भाउले मंहगी आकाशिए
अनि के को रोजगारी र व्यवसाय
उपाय नदेखि युवायुवती विदेश भासिए
अनि जनताले खोज्दैखोज्दै
जिताइदिए सुशासन जान्नेहरु
अनि सुशासनमा फाइदा नहोला भनि
पछि पछि लागे खुट्टा तान्नेहरु
मार्च ४, २०२३
लस एन्जेलस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4