
२० फागुन, पाल्पा। पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका वडा नम्बर-७, बल्ढेङगढीस्थित कञ्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।
पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा १७ वर्षको भिम बहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रैनादेवी छहरा-७, बल्ढेङगढी जोगदमार बस्ने साथीहरूसँग पौडी खेल्न गएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4