+
+

माओवादीको निर्णय : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सत्ता पक्षको बेन्चमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १३:१३

२१ फागुन, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले आज दिउँसो १ बजेको संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकले आलोपालो सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा ठोस सहमति नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई अहिलेको आठ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

त्यसपछि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?