+

ए डिभिजन लिगमा थ्री स्टार र फ्रेण्ड्सको रोमाञ्चक बराबरी

२०७९ फागुन  २३ गते १७:३७ २०७९ फागुन २३ गते १७:३७
ए डिभिजन लिगमा थ्री स्टार र फ्रेण्ड्सको रोमाञ्चक बराबरी

२३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको ललितपुरे डर्बी थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।

च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । फ्रेण्ड्सका कुशल फुयालले इन्जुरी टाइममा गोल गर्दै आफ्नो टिमलाई हारबाट बचाएका थिए ।

बराबरीपछि दुवै टिमले लिगमा पहिलो एक अंक जोडेका छन् । यसअघि फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार एपीएफसँग पराजित भएको थियो ।

च्यासल मैदानमा खेलको दोस्रो मिनेटमै अजयी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । तर १४औं मिनेटमा फ्रेण्ड्सका कुशलले बराबरी गोल फर्काए ।

२४औं मिनेटमा योगेश गुरुङले गोल गरि थ्री स्टारलाई फेरि अग्रता दिलाए । तर ४३औं मिनेटमा उक्तामोभले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ अघि बढिरहेको खेलको ८७औं मिनेटमा प्रदिप लम्सालले गोल गर्दै थ्री स्टारलाई जित नजिक पुर्‍याएका थिए ।

तर कुशल फुयालले इन्जुरी टाइमको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी फ्रेण्ड्सलाई लगातार दोस्रो हारबाट जोगाए ।

थ्री स्टार क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय