+
+

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएका छैनौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १७:५३

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् ।

हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको नाम त लिएनन् तर मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले थाहा पाएको बताए । उनले अघि भने, ‘नेपाल सरकारले कहींकतै स्वीकृति दिएको छैन ।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?