
काठमाडौं। एप्पलको आइफोनमा यस्ता धेरै उपयोगी फिचरहरु हुन्छन् जसले प्रयोगकर्ताका दैनिकीलाई सहज बनाइदिन्छ । यस्ता फिचरहरु वास्तवमा आइफोन प्रयोगकर्ताको रोजाईमा पर्दछन् जसका कारण प्रयोगकर्ताहरुले आइफोनको स्क्रिनमा बिताउने समय ह्वात्तै बढ्दछ ।
आइफोनमा धेरै समयसम्म त्यस्ता एपहरु चलाउने प्रयोगकर्ताको बानीलाई कम गर्नलाई लागि पनि एप्पलले विभिन्न फिचर उपलब्ध गराएको छ । त्यसमध्ये Screen Time एउटा यस्तो फिचर हो जसको सहयोगमा तपाइँले आइफोनका कुनैपनि एपलाई दैनिक कति समयसम्म मात्र चलाउने भनेर समयसीमा तय गर्न सक्नुहुनछ ।
आइफोनको Sreeen Time खण्डमा तपाई आफ्नो आइफोनमा रहेका कुन एपमा कति समय बिताउनुभयो भन्ने देख्न सक्नुहुन्छ । साथै यसले तपाइँको आइफोन तथा आइप्याडको प्रयोगका विषयमा अन्य विभिन्न जानकारी पनि उपलब्ध गराउँछ ।
त्यस्तै प्रयोगकर्ताले दैनिक रुपमा कति नोटिफिकेसन प्राप्त गर्दछ र कति छिटोछिटो आइफोन हेर्दछ भन्ने विषयको तथ्यांक तथा जानकारी पनि यसबाट प्राप्त गर्न सकिन्छ ।
यसप्रकार आइफोनको Sreeen Time फिचर प्रयोगकर्ताको एप प्रयोगको आनीबानी ट्रयाक गर्ने हब हो । यसमा तपाइँले App Limitation अप्सनबाट दैनिक
अधिकतम कति समयसम्म चलाउने भनेर विभिन्न एपको टाइम लिमिट तय गर्नृ सक्नुहुन्छ ।
यसमा कुनै विधाका सबै एपलाई एकैचोटी (जस्तै गेमिङ एप, सोसल मिडिया एप आदि) वा कुनै निश्चित एपलाई एक एक गरेर पनि टाइम लिमिट तय गर्न सकिन्छ ।
आइफोनमा एपको Sreeen Time सेट गर्नका लागिः
- आइफोनको Setting मेन्यूमा जानुहोस् ।
- त्यहाँ रहेको Sreeen Time अप्सनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि तपाइँले App Limits अप्सनलाई Add Limit गर्नुपर्दछ ।
- त्यसपछि category name मा ट्याप गरी Add Limit बटनमा थिच्नुहोस् ।
- आफूले टाइम लिमिट सेट गर्न चाहेका एपका विधाहरु चयन गर्नुहोस् ।
कुनै पनि विधामा रहेका सबै एपहरुको नाम हेर्नका लागि category name मा ट्याप गर्न सकिन्छ । तपाइँले त्यहाँबाट आफूले टाइम लिमिट सेट गर्न चाहेको एपको क्याटेगोरी वा निश्चित एप छान्न सक्नुहुन्छ ।
त्यसपछि Next बटनमा ट्याप गर्नुहोस् र कति समयको टाइम लिमिट राख्ने हो लेख्नुहोस् । तपाईले Customise day अप्सनमा ट्याप गरी हरेक दिनका लागि रक फरक समय सीमा पनि तय गर्न सक्नुहुन्छ ।
आफूले चाहेको एपमा समयसीमा सेट गरेसँगै add बटनमा ट्याप गर्नुहोस् ।
तपाईले एप स्क्रिन टाइम लिमिट निस्क्रिय पार्न पनि सक्नुहुन्छ । एप लिमिटलाई अस्थायी रुपमा बन्द गर्नका लागि app limits option मा ट्याप गर्नुहोस् ।
त्यसपछि सम्बन्धित एप वा एपको क्याटेगोरीमा गएर add limit को toggle लाई off गरिदिनु पर्दछ ।
सधैका लागि टाइम लिमिट हटाउनका लागि त्यहाँ रहेको Delete limit अप्सनमा ट्याप गर्नु पर्दछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4