+

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता फागुन २७ देखि हुने

२०७९ फागुन  २४ गते १८:२३ २०७९ फागुन २४ गते १८:२३
पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता फागुन २७ देखि हुने

२४ फागुन, काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा पाँचौ संस्करणको पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन २७ गतेदेखि हुने भएको छ ।

गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने जानकारी दिएको छ ।

विगतका ३ संस्करणको प्रतियोगिता पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन गरिएकोमा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको खेल मैदानमा खेलको अनुभव लिन समेत मद्दत पुग्ने उद्देश्यले गत वर्षदेखि यो प्रतियोगिता काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना गरिएको थियो ।

यस वर्षको प्रतियोगिता पनि मुलपानी रङ्गशालामा सञ्चालन गर्ने तयारीमा लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधानलाई निरन्तरता दिइएको छ ।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेता हुने टिमले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याट्सम्यानलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतियोगिताको खेलहरु डिस होमको एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७४ सालदेखि तीन संस्करण जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाली क्रिकेट पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय