२४ फागुन, काठमाडौं । विदेशी खेलाडी विलियम ओपोकु असिएदुले मैदानको बिच भागबाटै गोल गरेपछि सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।
लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो । एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएर शानदार सुरुवात गरे पनि दोस्रो खेलमा पराजित भयो ।
च्यासल मैदानमा भएको खेलमा सातदोबाटोका विलियमले ५५औं मिनेटमा शानदार गोल गरे । मैदानको मध्यभागमा प्राप्त बलमा विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए । उनको लङ रेन्ज सटले पोष्ट भित्र पुग्दा एपीएफका गोलकिपर युया कुरियामाले बचाउन सकेनन् ।
लगातार दोस्रो जितपछि सातदोबाट दुई खेलबाट ६ अंक जोडेको छ ।
प्रतिक्रिया 4