
मतदान गर्दै राष्ट्रपति उम्मेदवार नेम्वाङ । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
२५ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् ।
राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारसित भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’
चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4