
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिंदै सभामुख देवराज घिमिरे । फोटो : सभामुखको सचिवालय
२६ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।
भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4