
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले हामीलाई आफ्ना साथीसंगी तथा परिवारजनसँग जोडिनका लागि सहयोग गर्दछ ।
फेसबुकमा हामीले लेख्य सामग्री पोस्ट गर्न सक्नुका साथै फोटो तथा भिडियोहरु पनि शेयर गर्छौं ।
सायद फेसबुक चलाउने सबैले केही न केही यस्ता सामग्री फेसबुकमा पोस्ट गरेकै छौँ होला ।
तर के तपाईँलाई फेसबुकमा अपलोड गरेका फोटोहरु पनि एडिट गर्न सकिन्छ भन्ने थाहा छ ?
हो, तपाइँले फेसबुकमा अपलोड गरेका तस्वीरहरु शेयर गर्नु अगाडि एडिट गर्न सक्नुहुन्छ ।
त्यसका लागि तल दिइएअनुसार गर्नुहोस् :
- फेसबुक Feed को सबैभन्दा माथिल्लो भागमा रहेको Photo/Video आइकनमा क्लिक गर्नुहोस् जुन What’s on your mind खण्डको तलपट्टि हुन्छ ।
- त्यसपछि आफूले फेसबुकमा शेयर गर्न मन लागेको तस्वीर छान्नुहोस् ।
- त्यसपछि तपाईं तस्वीरहरुमाथि गएर पेन्सिल आइकनमा क्लिक गर्नुपर्दछ र त्यसपछि Edit All अप्सनमा जानु पर्दछ ।
- त्यसपछि एडिट गर्न चाहेको सम्बन्धित तस्वीरमा गई Edit अप्सनमा क्लिक गर्नुहोस्
- तपाईँले त्यहाँ सो तस्वीर सम्पादन गर्न सक्नुहुन्छ । जसमा क्याप्सन राख्न, कसैलाई ट्याग गर्न, क्रप गर्न तथा घुमाउन पनि सकिन्छ ।
- Editing सकिएसँगै save मा क्लिक गर्नुपर्दछ । त्यससँगै तपाईँले सम्पादित उक्त तस्वीर फेसबुकमा शेयर गर्न सक्नुहुन्छ ।
– एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4