
२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् ।
वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।
वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4