+
+

कोल्हबी–५ का वडाध्यक्षविरुद्ध वन मुद्दा चलाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १६:३२

२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी विरुद्ध वन ऐन २०७६ अन्तर्गत मुद्दा दर्ता गरिने भएको छ । डिभिजन वन कार्यालय बाराले उनी विरुद्ध वन ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको हो ।

उनलाई शनिबार प्रमुख वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमिनको विषयमा छलफल भइरहँदा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।

डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रको अतिक्रमण हटाएर गरिएको वृक्षारोपण मास्ने कार्यमा वडा अध्यक्ष चौधरीको समेत संलग्नता देखिएको दावी गरेको छ । फागुन २३ गते उछृंखल प्रवृत्तिका केही व्यक्तिले कोल्हबी–५ को ५.३९ हेक्टर जमिनमा लगाइएको ८ हजार ५ सय ५० वटा विरुवा काट्नुको र त्यसको संरक्षणका लागि गरिएको तारबार समेत भत्काएका थिए । त्यसको नेतृत्व वडा अध्यक्ष चौधरीले नै गरेको दावी वन कार्यालयको छ ।

घटनाको अनुसन्धानका लागि वन कार्यालयले अनुसन्धान अधिकृत तोकिसकेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा वडा अध्यक्ष चौधरी समेतको संलग्नतामा विरुवा नष्ट गरिएकोले वनसम्बन्धी कसुरमा मुद्दा चलाइने प्रमुख वन अधिकृत सिंहले बताए ।
‘उहाँले वन फडानी गर्ने कार्यको नेतृत्व गर्नुभएको छ, तारबारको पोल पनि भत्काइएको छ’, उनले भने, ‘वन ऐन २०७६ अन्तर्गत वनसम्बन्धी कसुरमा मुद्दा चलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?