
२७ फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले एसईई परीक्षामा ३ दशमलब २ जीपीए भन्दा धेरै ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । नगरभित्रै विद्यार्थी टिकाइराख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगदसहित सम्मान गरेको पालिकाले जनाएको छ ।
२०७८ सालको एसईईमा गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जीपीए ल्याई कक्षा ११ मा अध्ययन गर्ने ९६ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाले यी विद्यार्थी वार्षिक ४८ हजार रुपैयाँ दिनेछ । ०७८ सालको एसईईमा नगरभित्रका विद्यालयहरुबाट १४६ जना विद्यार्थीले ३ दशमलव २ भन्दा बढी जीपीए ल्याएका थिए । तर तीमध्ये ९६ जनाले मात्रै नगरभित्र कक्षा ११ मा भर्ना भए ।
नगरप्रमुख खिलध्वज पन्थीले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र विद्यार्थी टिकाइराख्न यस्तो नीति लिएको बताए । यस कार्यक्रमले आगामी वषएहरुमा पढ्नका लागि गाउँ छाड्ने क्रम रोक्ने पन्थीको भनाइ छ ।
प्रतिक्रिया 4