२८ फागुन, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले टेष्ट क्रिकेटमा ४ वर्षपछि पहिलो शतक पूरा गरेका छन् ।
अष्ट्रेलियासँगको जारी चौथो टेष्टको पहिलो इनिङ्समा उनले शतक पूरा गरेका हुन् ।
सन् २०१९ मा इडेन गार्डेनमा बंगलादेशविरुद्ध १३६ रन बनाएयता उनले शतक बनाउन सकेका थिएनन् ।
अष्ट्रेलियाबिरुद्ध बनाएको पछिल्लो शतक विराटको २८ औं शतक हो । तेश्रो दिन हिजो शनिबार उनले टेष्ट क्रिकेटमा ४ हजार रन पनि पूरा गरेका थिए ।
सन् २०१२ मा उनले अष्ट्रेलियाबिरुद्ध एडिलेडमा पहिलो शतक बनाएका थिए ।
उनले टेष्ट क्रिकेटको एउटै इनिङ्समा २३५ रन पनि बनाएका छन् । जुन उनले सन् २०१६ मा इंग्ल्याण्डबिरुद्धको खेलमा बनाएका थिए ।
प्रतिक्रिया 4