+
+

 कांग्रेसको सबै जिम्मेवारीबाट अलग भए राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १५:५०

२८ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

पौडेलले दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबारदेखि नै लागू हुने गरी स्वीकृत गरेका छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए ।

राष्ट्रपति निर्वाचित उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने छन् र त्यस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?