
अन्य भाषाहरुका वेब साइटबाट त्यसमा रहेका जानकारीहरु आफ्नो भाषामा प्राप्त गर्ने सबैभन्दा सजिलो माध्यम भनेकै वेब पेजको भाषा अनुवाद गर्नु हो ।
क्रोम ब्राउजरले प्रयोगकर्ताहरूलाई कुनै पनि वेब पेजलाई आफ्नो भाषामा अनुवाद गर्ने सुविधा प्रदान गरेको छ । यसरी ट्रान्सलेट गर्दा वेब पेजमा रहेको ओरिजिनल भाषाको सामग्री हुवहु तथा शुद्धसँग अनुवाद हुन्छ र त्यसले पाठकलाई कुनै पनि फरक भाषामा रहेको साइटको विषयवस्तु बुझ्ने मौका प्रदान गर्दछ ।
विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै जाँदा बहुभाषाी प्रयोगकर्ताहरु पनि बढिरहेका छन् । यसो हुँदा विभिन्न व्यवसायिक संस्थाहरुलाई समेत विश्वभरका आफ्ना बहुभाषी ग्राहकहरुसम्म पहुँच स्थापित गर्नका लागि वेबपेज अनुवादको फिचर निकै नै लाभदायी सावित हुने गर्दछ । त्यसैले ब्राउजरमा रहेको यो टूल बहुभाषामा आफ्नो सन्देश प्रसार गर्न चाहने संस्था तथा व्यवसायिक संगठनहरुका लागि वरदान नै सावित भएको छ ।
गुगल क्रोम ब्राउजरले आफ्नो शक्तिशाली अल्गोरिदमको सहायताले कुनै पनि भाषामा रहेका वेब पेजका सामग्रीलाई केही सेकेण्डमै अर्को भाषामा शुद्धसँग अनुवाद गरिदिन्छ । आफ्नो सहज इन्टरफेसका कारण यसले वेब पेजको अनुवाद गर्न पनि सजिलो बनाउँछ ।
क्रोम ब्राउजरमा रहेको Translate फिचरलाई पूरै वेबपेज अनुवाद गर्न वा वेब साइटको कुनै निश्चित खण्डमात्रै अनुवाद गर्न समेत प्रयोग गर्न सकिन्छ । क्रोम ब्राउजरमा वेबपेज ट्रान्सलेट गर्ने तरिका यस्तो छ ट्ठ
· आफ्नो पर्सनल कम्प्युटर वा डेस्कटपमा क्रोम वेब ब्राउजर खोल्नुहोस्
· तपाईंले अनुवाद गर्न चाहेको वेब पेज खोल्नुहोस्
· त्यसपछि address bar दबच को दायाँपटि्ट रहेको Translate अप्सनमा क्लिक गर्नुहोस्
· आफूले अनुवाद गर्न चाहेको भाषा छनोट गर्नुहोस्
· त्योसँगै क्रोम ब्राउजरमा तपाईंले खोलेको वेबपेज तपाइँले चाहेको भाषामा अनुवाद हुन्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4