+

रफिन्हाको गोलमा बार्सिलोना विजयी

२०७९ फागुन  २९ गते ८:२० २०७९ फागुन २९ गते ८:२०
रफिन्हाको गोलमा बार्सिलोना विजयी

२९ फागुन, काठमाडौं । स्पानिस ला लाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ ।

बार्सिलोनालाई जिताउन रफिन्हाले पहिलो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरे । उनले सर्जियो बुस्केटको पासमा गोल गरे ।

खेलको अन्त्यतिर विल्वाओका इनाकी विलियम्सले गोल गरेपछि भिएरआरले मान्यता दिएन ।

जितपछि बार्सिलोनाले २५ खेलबाट ६५ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडमाथि ९ अंकको अग्रता बनाएको छ ।

बार्सिनाेला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय