+

राति मस्त निदाएको बेला किन एक्कासि निद्रा खुल्छ ?

२०७९ चैत  २ गते १४:५६ २०७९ चैत २ गते १४:५६
राति मस्त निदाएको बेला किन एक्कासि निद्रा खुल्छ ?

सामान्यतया राति सुतेपछि ७-८ घण्टासम्म हामी निद्राको अवस्थामा हुन्छौं । तर कहिलेकाहीं अचानक निद्रा खुल्छ । बारम्बार पनि यस्तो समस्या हुन सक्छ । जब अचानक निद्रा खुल्छ, मान्छेको मनमा डर र आशंका पैदा हुन्छ, ‘मलाई कुनै रोग त लागेन ?’

खासगरी मुटुरोगसँग जोडेर मान्छेहरु अत्तालिने गर्छन् । किनभने यतिबेला हामीलाई मुटुको चाल बढेको अनुभव पनि हुन्छ । कतिपयको खलखली पसिना पनि आउन सक्छ ।

किन हुन्छ यस्तो ?

सामान्यतया निद्राको दुईवटा चरण हुन्छ । एउटा ‘रेम स्लिप’, जुन सुतेको बेलामा पनि आँखा चलिराख्ने चरण । सपना देख्ने पनि यही चरणमा हो । अर्को ‘नन रेम स्लिप’, जुन गहिरो निद्राको चरण । रेम स्लिपको अवस्थामा वा रेम स्लिपबाट नन रेम स्लिपको चरणमा जाने बेलामा यसरी राति अचानक निद्रा खुल्ने हुन्छ ।

कहिलेकाहीं निद्रामा अचानक निद्रा भंग हुनु र फेरि केही समयमा निद्रा लाग्छ भने यो सामान्य हो । तर पटक-पटक यस्तो क्रम दोहोरिन्छ भने त्यसमा मानसिक कारण जोडिएको हुन सक्छ । खासगरी मनमा पीर, चिन्ता आदि गुम्सिएर रहेको छ भने पनि यस्तो समस्या हुन्छ । खासगरी डिप्रेसन वा एन्जाइटीले यस्तो समस्या ल्याउँछ ।

यस्तो हुनुमा अर्को कारण भनेको मुटुको समस्या हो । मुटुरोगको स्थितिमा मुटुले राम्ररी रगत पम्प गरिरहेको छैन भने रगत फोक्सोमा जम्छ र सास फेर्न गाह्रो हुन्छ । यस्तो बेला पनि अचानक निद्रा खुल्छ ।

कसैलाई मुटुरोगको समस्या भएर मुटुले राम्ररी रगत पम्प गरिरहेको छैन भने रगत  फोक्सोमा जम्छ र सास फेर्न गाह्रो हुन्छ । सास फेर्न गाह्रो भएर एक्कासि ब्युँझिने समस्या हुन सक्छ । त्यसैले मुटुको रोगको कारण पनि अचानक निद्रा खुल्ने हुनसक्छ ।

अचानक निद्रा खुल्दा मुटुको चाल बढेको अनुभव

निद्रा खुल्दा सबैको मुटुको चाल बढ्ने त हुँदैन । तर कसैलाई यस्तो भएको छ भने राति नराम्रो सपना देखेर निद्रा खुलेको छ, निद्रा राम्ररी पुगेको  छैन, निद्रा अचानक खुलेपछि फेरि लागेका छैन र धेरै तनाव भएर एक्कासि निद्रा खुलेको छ भने मुटुको चाल बढ्न सक्छ । मुटुको चाल बढेको अनुभव हुनु भनेका एन्जाइटीको संकेत पनि हो ।

यो एन्जाइटी डिप्रेसन जस्तो मानसिक समस्याको साथै मुटुको समस्या, थाइराइड र ‘स्लिप एपनिया’ लगायत शारीरिक समस्यामा पनि हुन सक्छ ।

राति सुतेको बेला सास रोकिएजस्तो हुने समस्या

राति सुतेको बेला सास रोकिएजस्तो हुने समस्यालाई ऐंठनको समस्या पनि भनिन्छ । निद्राको पहिलो चरण रेम स्लिपमा हाम्रो मांसपेशी प्यारलाइज जस्तो भएको हुन्छ । यो बेला नराम्रो सपना देखेर उठेर हिंड्न, भाग्न खोज्दा खुट्टा चल्दैन, जसले गर्दा ऐंठन भएजस्तो, सास रोकिएजस्तो हुन्छ ।

सास रोकिएजस्तो  हुनु वा ऐंठन हुनु निद्रासम्बन्धी रोग हो । एन्जाइटीको समस्यामा भने राति सुत्दा मात्र होइन, अन्य समयमा पनि केही अड्किएको जस्तो, सास रोकिएको जस्तो हुन्छ ।

नियमित राति अचानक निद्रा खुल्ने र पसिना आउँछ भने मुटुको समस्या पो छ कि भनेर जाँच गर्नुपर्छ । थाइराइड, कोलेस्टेरोल र मधुमेहको समस्या भएपनि राति सुतेको वा अचानक ब्युँझिदा धेरै पसिना आउने हुन्छ । हार्मोनसम्बन्धी रोगको कारण यस्तो हुन सक्छ ।

के हुन सक्छ जोखिम ?

बारम्बार राति अचानक निद्रा खुल्ने समस्या छ भने सबैभन्दा पहिले त निद्रा नै बिग्रने भयो । निद्रा बिग्रिंदा नाइट एन्जाइटी, डिप्रेसनको समस्या हुन सक्छ । निद्रा नपुग्दा हाम्रो शरीरमा  स्ट्रेस हार्मोन बढ्छ । यो हार्मोनले उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्या निम्त्याउन सक्छ ।

उपचार

सामान्य रूपमा गर्न सकिने यसको उपचार भनेको निद्रालाई राम्रो बनाउने उपाय ‘स्लिप हाइजिन’ अपनाउनुपर्छ । कहिले ९ बजे कहिले १२ बजे सुत्ने बानी हटाएर सुत्ने समय निश्चित बनाउनुपर्ने हुन्छ । राति सुत्ने बेला चिया, कफी मदिरापान नगर्ने, नियमित रूपमा व्यायाम गर्ने, सुत्ने ओछ्यान एकदमै सफा राख्ने, राति लामो समय मोबाइल चलाएर नबस्ने गर्नुपर्छ ।

यो स्लिप हाइजिन अपनाएर समस्या समाधान भएन भने केही समय थोरै डोजको औषधि सेवन गर्नुपर्छ । कुनै मानसिक तथा शारीरिक समस्याको कारण यो समस्या भएको हो भने त्यसको उपचार गरेपछि पनि यो समस्या समाधान हुन सक्छ ।

(डा. अधिकारी मनोचिकित्सक हुन् ।)  

निद्रा
उप-प्रा. डा. सुमनप्रसाद अधिकारी
लेखक
उप-प्रा. डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?