+
+

एमाले अध्यक्ष ओलीसँग रोचक सवाल जवाफ : सत्ता जान्छ नि ! के भयो त ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १५:०१

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सञ्चारकर्मीहरुबीच रोचक सवाल जवाफ भएको छ ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि ओली संसद भवन परिसरमा पुगेका थिए । मतदान गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले ओलीलाई प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने तयारी गरेका छन्, तपाईँले भनेको जस्तो कांग्रेस र एमालेबीच सहकार्य हुन्छ त भनेर सोधेका थिए ।

ओलीले यसबारे भन्ने बेला नभएकाले केही नभन्ने बताए । बरु ०८४ मा सहकार्य हुनसक्छ भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिबारे टिप्पणी गरे ।

‘अस्ति मैले सहकार्य कहिल्यै हुँदैन भन्ने छैन, त्यस्तो कसम खाएको छैन भनेको थिएँ । एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नु भएछ’, ओलीले भने, प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनु पर्छ, अहिले भेट्नु भएको छैन ?’

उनले कांग्रेसभित्र निकै ठूलो गडबडी भएकाले त्यस्तो बोलेको हो कि भन्ने अनुमान सुनाए ।

एमालेको तयारीबारे जानकारी नभएको हो कि भन्ने प्रश्नमा ओलीले प्रतिप्रश्न गरे, ‘सबै कुुरा तपाईँलाई भनेँ भने तयारी तयारी हुन्छ र ?’

राष्ट्रपति र उपराष्ट्रपति चुनावको समीक्षा कसरी गर्नु भएको छ भन्ने प्रश्नमा उनले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताए । ‘तर यो साँठगाँठे सिस्टम भयो क्या । यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन’, उनने भने, ‘अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’

त्यसो भए पनि एमालेले सबै प्रदेश गुमाउँदैछ नि भनेर सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

ओलीले भने, ‘के हो गुमाउने भनेको ? प्रदेशमा हाम्रो सिट घट्छ ? कि के हुन्छ ?’

सञ्चारकर्मीले सत्ता जान्छ नि त भने । ओलीको जवाफ दिए, ‘अनि के भयो त ?’

प्रश्नकर्ता सञ्चारकर्मीले भने, ‘प्रतिपक्षमा बस्नुपर्छ ।’

ओलीको जवाफ दिए, ‘अनि दुनियाँमा प्रतिपक्षमा बस्दैन । अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेको थाहा छ कि छैन ?

प्रश्नकर्ता सञ्चारकर्मीले अर्को प्रश्न गरे, ‘राजनीति गर्ने सत्तामा पुग्नैकै लागि होला नि ?’

यसमा ओलीको जवाफ थियो, ‘अनि रिपब्लिकन पार्टीको के भयो ? राजनीति सकियो ?’

त्यसपछि ओली अघि बढे । उनी हिँड्दा हिड्दा सञ्चारकर्मीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रश्न गरे ।

एमाले अध्यक्ष ओलीले त्यसमा पनि जवाफ दिएका छन्, ‘टुंग्याउनुर्छ, तर राम्रो गरेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?