
३ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।
आफ्नै दलका उम्मेदवार यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिक भएको बताए । उनले भने, ‘उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई प्रोत्साहन दिने छ । यो विजय सबैको विजय हो ।’
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।
यादवको विजयमा गठबन्धन दलहरु खुशी भएको भन्दै उनले भने, ‘कांग्रेसको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस्, शुभकामना दिन चाहन्छु ।’
प्रतिक्रिया 4