
३ चैत, काठमाडौं । अनेरास्ववियुले आफ्नो संगठनले सजहताका साथ विजय हासिल गर्ने क्याम्पसहरुमा सत्ता गठबन्धन दलका विद्यार्थी संगठनहरुले निर्वाचन प्रकृया रोक्नुको साथै तालाबन्दी गरेको आरोप लगाएको छ ।
अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै देशका सबैभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसहरुमा अनेरास्ववियुले जित्ने भन्ने भएपछि सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले निर्वाचन प्रकृया अगाडि बढाउन नदिएको तथा ताला लगाएको आरोप लगाएको हो ।
अनेरास्वयिुले विज्ञप्तिमा भनेको छ, ‘अनेरास्ववियुले सजहताका साथ विजय हासिल गर्ने क्याम्पसहरुमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरुलाई सुरक्षा चुनौति हुने गरी सत्ताधारी दलका छायाँ संगठनका नेता कार्यकर्ताहरु समेत गतिविधि गरिरहेका छन् । पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आर. आर. क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, बाल्मीकी क्याम्पस, विरेन्द्र ब. क्याम्पस, अमृत साइन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साईन्स क्याम्पस, चितवन ई. कलेज लगायत आंगिक क्याम्पसहरु र अत्याधिक विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक क्याम्पसहरुमा सत्ताधारी संघ/संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन् ।’
अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै विश्वविद्यालय तथा क्याम्पसहरुमा निर्वाचनको प्रक्रिया अघि बढाउन माग समेत गरेको छ । विश्वविद्यालयको गैर जिम्मेवारिपन विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएको छ ।
प्रतिक्रिया 4