
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ ।
केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ ।
मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ ।
त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका कारण चुनाव स्थगित भएको छ । ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भइरहेको छ ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
तस्वीर : विकास श्रेष्ठ, चन्द्रबहादुर आले रआर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4