
काठमाडौं । सिजी फुड्सले त्रिवि क्रिकेट (टीयू) रंगशालाको सरसफाइ गरेको छ । रंगशाला वरपर फ्यांकिएका पानीको बोतल, चाउचाउको खोल लगायतका फोहोर संकलन गरेको सीजी फुड्सले जनाएको छ ।
आईसीसी लिग टू अन्तर्गत गत बिहीबार भएको नेपाल र यूएईबीचको खेल हेर्न ठूलो संख्यामा दर्शक रंगशाला पुगेका थिए । सो क्रममा दर्शकहरुले प्रयोग गरेका पानीका बोतल, चाउचाउको खोल रंगशाला बाहिर यत्रतत्र छरिंदा त्यहाँको वातावरणमा समेत असर पुगेको थियो ।
सामाजिक दायित्त्व अनुसार कम्पनीले रंगशाला वरपरको फोहोर सफाइ गरेको सिजी फुड्सले जनाएको छ । उक्त प्रतियोगितमा नेपालले डकवर्थ लुइस मेथडबाट यूएईलाई ९ रनले पराजीत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4