
काठमाडौं । अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाडद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई पहिचान पुरस्कार प्रदान गरिएको छ ।
भोजपुरको चखियामा आयोजित समारोहमा तीनै जना स्रष्टालाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गरे । पहिचान पुरस्कार कोषले हरेक वर्ष स्रष्टालाई पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा कुलपति राईले पुरस्कारबाट लेखकहरुको सम्मान मात्रै नभई धेरथोर आर्थिक पक्षमा सहयोग पुग्ने बताए । ‘यो एउटा अभियानबाट निर्माण गरिएको पुरस्कार भएकाले आफ्नै महत्व र पहिचान बोकेको छ । टेम्के शिर भएको सुन्दर ठाउँ चखिया अझ त्यसमा पनि मुन्दुम पथको एउटा महत्वपूर्ण ठाउँमा आउन पाएकोमा आयोजक लगायत स्थानीयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4