+

अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

२०७९ चैत  ६ गते ८:३७ २०७९ चैत ६ गते ८:३७
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

६ चैत, काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ।

आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २-१ ले पराजित गरेको हो ।

हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । डर्टमण्डले शनिबार कोल्नलाई ६-१ ले हराएर शीर्ष स्थानमा उक्लेको थियो ।

बायर्न हारेपछि डर्टमण्डले यो साता शीर्ष स्थानमै रहेर अन्त्य गर्नेछ ।२५ खेलपछि डर्टमण्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ ।

खेलको २२औं मिनेटमा जोसुअ किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५५औं मिनेटमा लेभरकुजनका पलासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा पलासियोसले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायर लेभरकुजनलाई २-१ को जित दिलाए ।

जितपछि लेभरकुजन २५ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा छ ।

बायर्न म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय